Kathmandu Press

बार्यन म्युनिख क्लब वर्ल्ड कपको फाइनलमा प्रवेश

बार्यन म्युनिख क्लब वर्ल्ड कपको फाइनलमा प्रवेश

काठमाडौ, माघ २७ : जर्मन क्लब बार्यन म्युनिख क्लब वर्ल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा अल अहलीलाई २–० ले पराजित गरेर बार्यनले उपाधि नजिकको यात्रा तय गरेको हो ।

कतारमा भएको खेलमा बार्यनलाई जिताउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरेका हुन् । उनले १७ र ८५ औँ मिनेटमा गोल गरे । जारी सिजन लेवाण्डोस्कीको यो २७ खेलमा २९ औं गोल हो।

बायर्नले उपाधिका लागि कनकाफ च्याम्पियन मेक्सिकन क्लब टाइगर्ससँग विहीबार प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: ०८:०४ बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्