Kathmandu Press

ट्रम्प महाभियोग : बचाउमा वकिलहरूको यस्तो प्रतिक्रिया 

काठमाडौं, माघ २७ : महाभियोगसम्बन्धी आरोपबारे जबाफ दिँदै पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका वकिलहरूले उनका समर्थकहरूले आफ्नै विवेकमा संसद्‌ भवनमाथि आक्रमण गरेको बताएका छन्।वाशिङ्गटनस्थित क्यापिटल...
ट्रम्प महाभियोग : बचाउमा वकिलहरूको यस्तो प्रतिक्रिया 

काठमाडौं, माघ २७ : महाभियोगसम्बन्धी आरोपबारे जबाफ दिँदै पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका वकिलहरूले उनका समर्थकहरूले आफ्नै विवेकमा संसद्‌ भवनमाथि आक्रमण गरेको बताएका छन्।

वाशिङ्गटनस्थित क्यापिटल भवनमाथि गत ज्यानुअरी ६ तारिखको दिन आक्रमण भएको थियो। मङ्गलवारबाट अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा महाभियोगसम्बन्धी सुनुवाइ शुरू हुँदैछ। गत महिना तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

Hardik ivf

हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई हिंसाका लागि उक्साएको उनीमाथि आरोप छ । ट्रम्पले चाहिँ महाभियोगसम्बन्धी सुनुवाइमा आफू बयान दिन नआउने बताउँदै आएका छन्।  उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने त्यति बेला संसद्‌ भवनभित्र रहेका सांसदहरू लुक्न बाध्य भएका थिए।

अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन्। त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि उनी हुन्।

सुनुवाइपूर्व सोमवार सार्वजनिक विवरणअनुसार ट्रम्पका वकिलहरूले सङ्घीय अनुसन्धान निकाय एफबीआईका दस्तावेजहरूबाट ज्यानुअरी ६ तारिखको घटना हुनुभन्दा केही दिन पहिल्यै त्यसको योजना बनाइएको देखिएको उल्लेख गरेका छन्। त्यसको अर्थ त्यो दिनको दङ्गाका लागि ट्रम्पले नउक्साएको उनीहरूले बताएका छन्। (बीबीसी) 


 

प्रकाशित मिति: ०७:३९ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्