Kathmandu Press

संयुक्त आन्दोलन गर्नु हुँदैन भन्नु गम्भीर दृष्टि दोष : भट्टराई

काठमाडौं, माघ २७ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नु हुँदैन भन्नु गम्भीर दृष्टि दोष...
संयुक्त आन्दोलन गर्नु हुँदैन भन्नु गम्भीर दृष्टि दोष : भट्टराई

काठमाडौं, माघ २७ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नु हुँदैन भन्नु गम्भीर दृष्टि दोष भएको टिप्पणी गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो तर्क गरेका हुन । उनले ट्वीटरमा लेखेका छन्, ‘ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है,’ सामाजिक सञ्जालमार्फत डा.भट्टराईले भनेका छन्, ‘हिजो शीतयुद्धका बाछिटा परेर कांग्रेस–कम्युनिस्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौं। अहिले नयाँ शीतयुद्धको छायामा त्यस्तै गल्ती दोहोरियोस्। संयुक्त संघर्षबाट कोही नभागोस्।’

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले अरूसँग मिलेर आन्दोलन गर्नु नहुने प्रतिक्रिया दिएपछि भट्टराईको यस्तो टिप्पणी आएको हो । 

प्रकाशित मिति: ०७:३४ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्