इपिएलमा लिड्स युनाइटेडसँग क्रिस्टल प्यालेस पराजित
काठमाडौं, माघ २७ : इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत क्रिस्टल प्यालेससँगको खेलमा लिड्स युनाइटेड विजयी भएको छ ।क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै...
काठमाडौं, माघ २७ : इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत क्रिस्टल प्यालेससँगको खेलमा लिड्स युनाइटेड विजयी भएको छ ।
क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै लिड्स युनाइटेड विजयी भएको हो । जितसँगै लिड्सले एक स्थान सुधार गरेको छ ।
यसअघि ११ औँ स्थानमा रहेको लिड्स युनाइटेड ३२ अंकसहित १० औँ स्थानमा पुगेको हो ।
जारी लिगमा म्यानचेस्टर सिटी ५० अंकसहित पहिलो र म्यानचेस्टर युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।
प्रकाशित मिति: ०७:१० बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











