Kathmandu Press

इजरायली प्रधानमन्त्री अदालतमा उपस्थित, भ्रष्टाचारको आरोप अस्वीकार 

काठमाडौं, माघ २६ :   इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा...
इजरायली प्रधानमन्त्री अदालतमा उपस्थित, भ्रष्टाचारको आरोप अस्वीकार 
Hardik ivf

काठमाडौं, माघ २६ :   इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएको आरोपप्रति आफू कुनै जिम्मेवार नभएको बताएका छन् ।
     
नेतान्याहु गत वर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित भएका हुन् । अदालतबाट निस्कने क्रममा उनले पत्रकारहरुसँग भने, ‘मैले अदालतले माग गरेअनुसारको जवाफ लिखित रुपमा लेखेर पेस गरेको छु ।’     

उनलाई अघिल्लो महिना जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो । सुरुमा उनलाई जनवरी १३ मा जवाफ पेस गर्न आदेश दिइए पनि लकडाउनका कारण उनले अहिले मात्रै जवाफ पेस गरेका हुन् ।

प्रधानमन्त्री नेतान्याहुलाई धेरै विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । ती आरोपमाथि अहिले अनुसन्धान पनि भइरहेको अधिकारीहरुले जनाएका छन् ।   उनलाई लगाइएको आरोप सत्य सावित भएमा उनी १० वर्षभन्दा बढी कारागारमा बस्नुपर्ने कानुनी व्यवस्था  छ । इजरायलमा आगामी मार्च २३ तारिखका दिन निर्वाचन गर्ने तयारी भइरहेको छ । 

प्रकाशित मिति: १९:१५ बजे, सोमबार, माघ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्