Kathmandu Press

सावित्राको दोहोरो ह्याट्रिक, चौदण्डीगढीको पोस्टमा एपिएफको १४ गोल

सावित्राको दोहोरो ह्याट्रिक, चौदण्डीगढीको पोस्टमा एपिएफको १४ गोल

काठमाडौं, माघ २६ : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गरेपछि काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा विभागीय टिम एपिएफले फराकिलो जित हात पारेको छ ।

सोमबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा सावित्राले ८ गोल गरेपछि एपिएफले उदयपुरको चौडण्डीगढी नगरपालिकालाई १४–०ले हरायो । 

फराकिलो जितसँगै एपिएफले आफ्नो शतप्रतिशत जितलाई ७औं खेलसम्म निरन्तरता दिएको छ । एपिएफको जितमा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले २–२ गोल गर्दा अनु लामा र रविना गोलेले पनि समान १ गोल गरे । एपिएफले दुवै हासमा समान ७ गोल गरेको थियो ।

यी दुईबीच भएको पहिलो चरणमा एपिएफले चाैदण्डीगढीलाई २४–०ले हराएको थियो । जितपछि एपिएफ २१ अंकका साथ शीर्ष स्थानमा छ भने चौदण्डीगढी अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: १८:४७ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्