Kathmandu Press

कूटनीतिक प्रयास र छलफलबाट नेपाल–भारतबीचको सीमा विवाद हल हुन्छ : प्रधानमन्त्री

२६ माघ, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक प्रयास र छलफलबाट समाधान गर्ने बताएका छन् । ओलीले ‘नेपालको अन्तर्राष्ट्रिय सीमा...
कूटनीतिक प्रयास र छलफलबाट नेपाल–भारतबीचको सीमा विवाद हल हुन्छ : प्रधानमन्त्री

२६ माघ, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक प्रयास र छलफलबाट समाधान गर्ने बताएका छन् । ओलीले ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा कूटनीतिक प्रयास, छलफल र खुलस्त कुराकानीबाट सीमा विवाद समाधान गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले  सत्यतथ्य, समानता, सम्मान र न्यायका आधारमा  छिमेकीसँग सम्बन्ध सुमधुर बनाउन सकिने बताए  ।

उनले भने, ‘नेपाल–भारतबीचको सम्बन्धलाई सुमधुर सम्बन्धमा परिणत र विस्तार गर्न हामीले नक्सा छाप्नै पर्थ्यो, भारतसँग कुरा गर्नैपर्थ्यो, वार्ताका माध्यमद्वारा हाम्रो भू–भाग फिर्ता ल्याउनैपर्छ, अनि मात्रै सम्बन्ध सुमधुर हुन सक्छ, सीमा समस्या सुस्तामा छ, कञ्चनपुरमा छ ।’

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा तथ्य प्रमाणका आधारमा भारतसँग मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने बताए ।

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, माघ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्