Kathmandu Press

चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने

कायरो, माघ २५ : चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ। इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले...
चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने

कायरो, माघ २५ : चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ। इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको हाे।

चीनले हालै मात्र सो कुराको घोषणा गरेको थियो। यससम्बन्धी थप कार्य इजिप्टको सरकारले अघि बढाउने निर्णयका आधारमा हुने पनि सो दूतावासले जनाएको छ। चीनले विश्वका १० ओटा विकसित देशहरुलाई यो कोभिडको खोप उपलब्ध गराएको छ। त्यसैगरी विश्वका करिब ३८ ओटा देशलाई कोभिड १९को खोप खरिदका साथै अरु प्रकारहको सहायता पनि उपलब्ध गराएको बताइएको छ। 

चीनले कोभिड १९ भ्याक्सिन ग्लोबल एक्सेस (कोभ्याक्स) कार्यक्रममा पनि सहभागिता जनाएको छ। यस सहायता कार्यक्रममार्फत् पनि चीनले करिब एक करोड डोज खोप सहायता दिने बताएको पनि समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्