Kathmandu Press

अभिषेकले आइजवालबाट आईलिग खेल्ने

काठमाडौं, माघ २६ : नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अभिषेक रिजालले भारतको शीर्ष डिभिजन फुटबल लिग ‘आईलिग’ खेल्ने भएका छन् । जारी लिगको बाँकी खेलका...
अभिषेकले आइजवालबाट आईलिग खेल्ने

काठमाडौं, माघ २६ : नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अभिषेक रिजालले भारतको शीर्ष डिभिजन फुटबल लिग ‘आईलिग’ खेल्ने भएका छन् । जारी लिगको बाँकी खेलका लागि अभिषेक आइजवालमा आबद्ध भएका हुन् ।

अर्को आईलिग क्लब मोहमेद एफमीमा आबद्ध भएपनि लिगमा खेल्ने मौका नपाएपछि २१ वर्षीय युवा स्ट्राइकर अभिषेक अर्को क्लब आइजवालमा आबद्ध भएका हुन् । अभिषेक ६ महिनाअघि मोहमेदनमा आबद्ध भएका थिए । दोस्रो डिभिजनमा रहेका मोहमेदन प्लेअफमा खेल्दै आईलिगमा बढुवा भएको थियो । प्लेफमा अभिषेक मोहेदनबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । 

तर, आइृलिगमा बढुवा भएपछि मोहमेदनले एसियाली कोटमा बंगलादेशका कप्तान जामल बुयानलाई अनुबन्धन गरेपछि अभिषेक आइजवालमा आबद्ध भएका हुन् । आईलिग क्लबले एसियाली कोटामा एक जना खेलाडी मात्र राख्न पाउँछन् । मोहमेदनले अभिषेकलाई कोलकता लिगको टिममा भने राखेको थियो।

आइजवालसँग अभिषेकले मार्च अन्तिम्मको सम्झौता गरेको बताइएको छ । ५ खेलमा २ जित, २ बराबरी र १ हारको सामना गरेको उनको टिम आइजवाल तालिकाको पाँचौं स्थानमा छ । अहिले पोखरामा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका अभिषेक १२ फेब्रुअरीमा भारत जाने बताइएको छ । 

अभिषेकसँगै यो सिजन आईलिगमा तीन नेपाली खेलाडी खेलिरहेका छन् । नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ राउन्ड ग्लास एफसीमा आबद्ध छन् मिडफिल्डर प्रकाश बुढाथोकी केही दिनअघि मात्र नेरोका एफसीमा आबद्ध भएका थिए ।

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्