Kathmandu Press

पत्रकार थापाको हत्यामा संलग्न अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं, माघ २६ : दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई प्रहरीले १६...
पत्रकार थापाको हत्यामा संलग्न अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं, माघ २६ : दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो। 

पक्राउ परेका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छ। बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको छ।

१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई शाही फरार रहेका थिए।

पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका थिए।प्रहरीले यसअघिनै हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: १०:५१ बजे, सोमबार, माघ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्