मेस्सीको गोलले ला लिगामा बार्सिलोनाको जित
काठमाडौं, माघ २६ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालको छ । आइतबार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल...
काठमाडौं, माघ २६ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालको छ । आइतबार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
बेटिसको मैदानमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको ३८औँ मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । खेलको ५९औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ५७औँ मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले दुई मिनेट पछि नै गोल गरेका हुन् । खेलको ६८ औँ मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २-१ ले अघि रह्यो । ७५औँ मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ८७औँ मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ । पराजित बेटिस ३० अंक जोडेर सातौं स्थानमा छ ।











