Kathmandu Press

काठमाडौंको तापक्रम २.७ डिग्री सेल्सियस

काठमाडौं, माघ २६ : काठमाडौंको आज विहानको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २।७ डिग्री सेल्सियस...
काठमाडौंको तापक्रम २.७ डिग्री सेल्सियस

काठमाडौं, माघ २६ : काठमाडौंको आज विहानको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २।७ डिग्री सेल्सियस मापन गरिएको हो ।

यस्तै हिजो उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस थियो। दिउँसो काठमाडौंको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंको मौसम सफा रहने छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रहे पनि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

यो वर्ष पश्चिमी सक्रिय वायु ढिलो नेपाल प्रवेश गरेका कारण माघको अन्तिमसम्म पनि जाडो रहेको छ । 

प्रकाशित मिति: ०८:२६ बजे, सोमबार, माघ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्