सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु
काठमाडौं, माघ २६ : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक सुरु...
काठमाडौं, माघ २६ : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ।
बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा सरकारबाट तर्फबाट पेश भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ। नेकपा विभाजनपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई महत्वका साथ हेरिएको छ।
३७ सदस्यसहित प्रदेशसभामा दुई तिहाइ प्रदेशसभा सांसद रहेको नेकपा विभाजनपछि दुई समूहमा विभाजित भएका छन्। सरकारको नेतृत्व गरिरहेको प्रचण्ड–नेपाल समूहसँग ३० जना र ओली समूहसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन।
मुख्यमन्त्री त्रिलोचन भट्टले पुस १४ गते भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिएका थिए।











