Kathmandu Press

प्रिमियर लिगमा लिभरपुलको लज्जास्पद हार, म्यानचेस्टर सिटीले ४-१ ले बिजयी 

काठमाडौं, माघ २६ : इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको बिजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई...
प्रिमियर लिगमा लिभरपुलको लज्जास्पद हार, म्यानचेस्टर सिटीले ४-१ ले बिजयी 

काठमाडौं, माघ २६ : इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको बिजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले हराएको हो ।

 लिभरपुलको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे । रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

जितसंगै सिटीले २२ खेलमा ५० अंक जोडेको छ । शीर्ष स्थानको सिटीले उपाधि होड समेत बलियो बनाएको छ । उसले म्यानचेस्टर युनाईटेडविरुद्ध ५ अंकको अग्रता समेत बनाएको छ । लिभरपुलले भने २३ खेलमा ४० अंक जोडेको छ । चौथो स्थानको लिभरपुल सिटी भन्दा १० अंकले पछि रहेको छ ।

यस्तै पाँचौँ स्थानमा रहेको चेल्सीले सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ । तेस्रो स्थानमा रहेको लिसेस्टर सिटी र उल्भर ह्याम्पटन वान्डरसबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

गएराति नै भएको अर्को खेलमा आठौँ स्थानमा रहेको टोटनह्याम हटस्परले वेष्ट ब्रोमलाई २–० गोलले पराजित गरेको छ ।
 

प्रकाशित मिति: ०६:४५ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्