Kathmandu Press

भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौं, माघ २५ : बैतडी दोगडाकेदार–७ की भागरथी भट्ट (१७ वर्ष)को बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। जिल्ला अस्पतालमा गरिएको पोस्टमार्टमबाट यस्तो निष्कर्ष निस्किएको हो।
भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौं, माघ २५ : बैतडी दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। जिल्ला अस्पताल, बैतडीमा गरिएको शव परीक्षणबाट बलात्कार भएकाे देखिएकाे हाे।

प्रहरीका अनुसार बलात्कारको प्रतिकार गर्दा उनको टाउको र हातमा चोट लागेको देखिएको छ भने घाँटीमा निलडाम छन्। यौनांगमा घाउ रहेको शव परीक्षणबाट पुष्टि भएको छ।

सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आइतबार घटनास्थल पुगेर निरीक्षण गरेका छन्।

यहि माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि आफन्तजनले खाेजी शुरु गरेका थिए। उनकाे माघ २२ गते साँझ ५ बजेतिर गाउँनजिकैको लबलेक जङ्गलमा शव फेला परेको थियो।

उनी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन्।

 

प्रकाशित मिति: २०:५६ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्