Kathmandu Press

किशाेरी बलात्कारपछि हत्या घटनाको महिला आयोगले पनि छानबिन गर्ने

काठमाडौं, माघ २५ : राष्ट्रिय महिला आयोगले पनि बलात्कारपछि हत्या गरिएको बैतडी घटनाको छानबिन गर्ने भएको छ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित सनातन धर्म मावि...
किशाेरी बलात्कारपछि हत्या घटनाको महिला आयोगले पनि छानबिन गर्ने

काठमाडौं, माघ २५ : राष्ट्रिय महिला आयोगले पनि बलात्कारपछि हत्या गरिएको बैतडी घटनाको छानबिन गर्ने भएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय किशोरी भगिरथी भट्टको यही माघ २२ गते शङ्कास्पद अवस्थामा शव भेटिएको थियो। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले छानबिन पनि गर्ने भएको ।

घटनाको अनुगमन तथा अनुसन्धानका लागि तत्कालै आयोगले एक टोलीसमेत गठन गरेको छ। टोलीको नेतृत्व आयोगका सदस्यले गर्नेछन्।

घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगले राष्ट्रिय मानवअधिकार आयोगसँग समेत छलफल गरिरहेको सचिव शान्ता अधिकारी भट्टराईले बताइन्।

आयोगले दोषीलाई कानूनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ। हिंसाजन्य यस्ता गम्भीर घटनाले व्यक्तिको जीउज्यानको सुरक्षा र मानव अधिकराको गम्भीर उल्लंघन भएको आयोगले जनाएको छ।

आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। दोषीमाथि कानूनबमोजिम कारबाही गर्न र पीडित परिवारको सुरक्षा तथा न्यायमा पहुँच पु¥याउन आयोगले आग्रह गरेको छ।

प्रकाशित मिति: २०:१६ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्