Kathmandu Press

विराटनगरमा प्रिमियर लिग क्रिकेट हुने    

विराटनगर, माघ २५ : नेपाल अग्रवाल युवा मञ्चले ४ लाखको लागतमा आठौं मारवाडी प्रिमियर लिग क्रिकेट आयोजना गर्ने भएको छ । मारवाडी समुदायमा...
विराटनगरमा प्रिमियर लिग क्रिकेट हुने    

विराटनगर, माघ २५ : नेपाल अग्रवाल युवा मञ्चले ४ लाखको लागतमा आठौं मारवाडी प्रिमियर लिग क्रिकेट आयोजना गर्ने भएको छ । मारवाडी समुदायमा अति नै लोकप्रिय रहेको सो प्रतियोगिता आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म विराटनर महानगरपालिका–२ स्थित शंकरपुरमा हुने नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष मोहित अग्रवालले जानकारी दिए ।

प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, महेश्वरी युवा मञ्च, ओस्वाल युवा मञ्च, नेपाल मारवाडी ब्राहम्ण युवा मञ्च र मेंढ स्वर्णकार युवा मञ्च गरी पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।     

प्रतियोगितामा विजयी हुने टोलीलाई ट्रफीका साथै रु ४१ हजार प्रदान गरिनेछ । दोस्रो हुने टोलीलाई ट्रफी र नगद रु १५ हजार प्रदान गरिने अध्यक्ष अग्रवालले जानकारी दिए । यस्ता प्रतियोगिता नेपाल युवा मञ्चले निरन्तरता दिइरहेको र आगामी दिनमा पनि प्रतियोगिता गराइरहने मञ्चका उपाध्यक्ष प्रदीप अग्रवालले जानकारी गराए ।

प्रकाशित मिति: १८:३४ बजे, आइतबार, माघ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्