Kathmandu Press

प्रदेशसभा १ को बैठक स्थगित, बैठकमा सत्ता पक्षकै अवराेध

काठमाडौं, माघ २५ :  प्रदेशसभा १ काे आजको बैठक  स्थगित भएको छ ।  नेकपा (ओली) पक्षका सांसदले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९...
प्रदेशसभा १ को बैठक स्थगित, बैठकमा सत्ता पक्षकै अवराेध

काठमाडौं, माघ २५ :  प्रदेशसभा १ काे आजको बैठक  स्थगित भएको छ ।  नेकपा (ओली) पक्षका सांसदले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रदेशसभा १ को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको थियो । नेकपा ओली पक्ष र दाहाल–नेपाल पक्षबीचको विवादका कारण बैठक बस्न सकेको थिएन । ढिला गरी बसेको बैठकमा ओली पक्षका सांसदले उठेर विरोध गरेपछि बैठक स्थगित भएको हो ।

दाहाल–नेपाल समूहका सांसदहरु मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबुल गर्ने पक्षमा छन् भने ओली समूहका सांसदहरु बैठकै बस्न नदिने तथा अविश्वास प्रस्ताव टेबुल गर्न नदिने पक्षमा छन् ।

प्रकाशित मिति: १७:३९ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्