Kathmandu Press

सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक जना पक्राउ

सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक जना पक्राउ
Hardik ivf

कास्की,  माघ २५ : सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने स्याङ्जा वालिङ नगरपालिका–१ का ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्ले बिहीबार पक्राउ परेका हुन् ।

मेट्रो ड्राइभिङ स्कुल एन्ड प्रि टेस्ट सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक काफ्लेले सजिलै लाइसेन्स निकालिदिन्छु भन्दै ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लाइसेन्स निकालिदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग लिएको कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमुना प्रश्नपत्र र नगद ८९ हजार ६ सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । 
 

प्रकाशित मिति: १७:०९ बजे, आइतबार, माघ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्