Kathmandu Press

संसद् विघटन मुद्दामा माघ मसान्तसम्म बहस सकेर फागुन पहिलो हप्ताभित्रै फैसला गर्ने अदालतको तयारी

सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी विचाराधीन मुद्दाको सुनुवाइ माघ महिनाभित्र सकेर फागुन पहिलो हप्ताभित्रै फैसला गर्ने संकेत गरेको छ। 
संसद् विघटन मुद्दामा माघ मसान्तसम्म बहस सकेर फागुन पहिलो हप्ताभित्रै फैसला गर्ने अदालतको तयारी

काठमाडौं, माघ २५ : सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी विचाराधीन मुद्दाको सुनुवाइ माघभित्र सकेर फागुन पहिलो हप्ताभित्रै फैसला गर्ने संकेत गरेको छ। 

आइतबार सरकारी वलिकले बहस सकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले माघ ३० गतेभित्र बहस सक्नुपर्ने धारणा इजलासमै राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अधिवक्ता रमेश वडालको बहस सकिएलगत्तै प्रधानन्यायाधीश राणाले माघ ३० गतेभित्र बहस सक्नुपर्ने भनाइ इजलासमा राखेका हुन् । 

पुस २१ गतेदेखि नियमित सुनुवाइ भइरहेको संविधान विघटनको रिट निवेदनमा अब प्रधानमन्त्री ओली पक्षका कानुन व्यवसायी र एमिकस क्युरीको बहस बाँकी छ। ३० गतेभित्र बहस सकिए फागुन पहिलो हप्ताभित्र फैसला आउन सक्ने बताइएको छ। 

प्रधानन्यायाधीशसहित संवैधानिक इजलासका पाँच जना न्यायाधीशको बेच्न सुनुवाइ भइरहेको उक्त मुद्दाले अरु धेरै मुद्दाको बहस रोकिएको भन्दै सकभर छिटो टुंगाउने रणनीतिमा सर्वोच्च अदालत पुगेको हो।
 

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्