सरकारी पक्षलाई शुक्रबारसम्म बहस सक्न प्रधानन्यायाधीशको आग्रह
काठमाडौं, माघ २५ : संसद विघटन मुद्दामा आफ्नो बहस शुक्रबारसम्म सक्काउन सरकारी पक्षलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आग्रह गरेका छन्। आइतबार प्रधानमन्त्रीको तर्फबाट बहसका लागि...
काठमाडौं, माघ २५ : संसद विघटन मुद्दामा आफ्नो बहस शुक्रबारसम्म सक्काउन सरकारी पक्षलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आग्रह गरेका छन्।
आइतबार प्रधानमन्त्रीको तर्फबाट बहसका लागि आएका अधिवक्ता रमेश बडालसँग उनले माघ ३० गतेभित्र विपक्षीको तर्फबाट बहस सक्नुपर्ने बताएका हुन्।
अधिवक्ता बडालले प्रधानमन्त्रीको तर्फबाट बहस सक्ने बताएपछि प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीको मात्र नभई सबै विपक्षीहरुको तर्फबाट एकसाताभित्र बहस सक्नुपर्ने बताएका थिए।
उनले भने, ‘हामीले तपाईहरुलाई दिएको माघ १९ देखि हो, ३० गतेसम्म सबैको तर्फबाट सिध्याइसक्नुपर्छ।’
संसद विघटन सम्बन्धि परेका १३ वटामा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका कानुन व्यवसायीलाई ३० गतेसम्म आफ्नो बहस सक्न उनले आग्रह गरेका हुन्।











