ओली र दाहाल–नेपाल पक्षबीचको विवादका कारण प्रदेश सभा १ को बैठक अझै बस्न सकेन
काठमाडौं, माघ २५ : प्रदेश १ को प्रदेशसभा बैठक अझै बस्न सकेको छैन । दिउँसो २ बजेका लागि बोलाइएको बैठक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...काठमाडौं, माघ २५ : प्रदेश १ को प्रदेशसभा बैठक अझै बस्न सकेको छैन । दिउँसो २ बजेका लागि बोलाइएको बैठक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली पक्ष र दाहाल–नेपाल पक्षबीचको विवादका कारण अझै बस्न नसकेको हो ।
दाहाल–नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबुल गर्न माग गर्दै आएको छ । सरकार पक्ष भने सो प्रस्ताव टेबुल गर्न नदिने पक्षमा छ ।
दिउँसो चार बजेसम्म बैठक नबसे सभामुख प्रदीपकुमार भण्डारीले आजको बैठक स्थगित गरी अर्को बैठक आह्वान गर्नेछन् ।
प्रकाशित मिति: १५:१३ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











