Kathmandu Press

दक्षिण फिलिपिन्समा ६.३ म्यानिच्युडको भूकम्प

मनिला, माघ २५ : फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ।...
दक्षिण फिलिपिन्समा ६.३ म्यानिच्युडको भूकम्प

मनिला, माघ २५ : फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ। स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ। माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ।

यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि कम्पनको महसूस गरिएको समाचारमा जनाइएको छ। यस भूकम्पबाट  मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन्। फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ। 

प्रकाशित मिति: १४:४१ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्