स्रोत नखुलेको ४९ लाखसहित दुई जना पक्राउ
बारा, माघ २५ : स्रोत नखुलेको ४९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिका–५ जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख...
बारा, माघ २५ : स्रोत नखुलेको ४९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिका–५ जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित भारतका २६ वर्षीय अरबिन्द महतोसहित दुई जना शनिबार दिउँसो पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी पोस्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १३:५१ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












