Kathmandu Press

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ, माघ २५ : चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ। उनीहरुबीच शनिबार फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको...
चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ, माघ २५ : चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ। उनीहरुबीच शनिबार फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ।

चिनियाँ विदेशमन्त्री याङ जियची र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच शनिबार फोनमा कुराकानी भएको बताइएको हो। सो फोनका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै दुई देशको आपसी हितका बारेमा विभिन्न कुराकानी भएको बताइएको छ। यतिखेर चीनको अमेरिकासँगको सम्बन्ध एक महत्वपूर्ण स्थानमा उभिएको छ र आगामी दिनमा पनि यी दुई देशबीचमा महत्वपूर्ण सम्बन्ध अघि बढ्ने चिनियाँ विदेशमन्त्रीले बताएका थिए।

चीनले चीन र अमेरिकाबीचको सम्बन्ध पारस्पिारिक हित र सम्मानका साथ हुनुपर्ने भन्दै आगामी दिनमा पनि यस्तै सम्बन्ध चाहेको जानकारी गराएको चिनियाँ विदेशमन्त्री जियचीले जानकारी दिए। उनले चीन अमेरिकासँगको सम्बन्ध सधैँ एकनासको र आपसी सम्मानका आधारमा कायम गर्न चाहेको भन्दै आगामी दिनमा पनि यस्तै एकनासको सम्बन्धका पक्षमा चीन रहेको जानकारी पनि उनले दिए।

चीनले अमेरिकालाई उसले विगतका गल्तीहरु सच्याओस र आगामी दिनमा पनि विना कुनै तनाव असल र सुमधुर सम्बन्धको विकास गरोस् भन्ने चाहेको पनि आफूले सो वार्ताका क्रममा अमेरिकासँग आग्रह गरेको पनि चिनियाँ विदेशमन्त्री जियचीले बताएका थिए।

चीनले अमेरिकालाई आफ्ना दुई देशका बीचको हित र आवश्यकताको महत्वका साथै आ–आफ्नो राजनीतिक प्रणालीको छनोटको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएको पनि त्यस अवसरमा उनले बताएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। 

यस वार्ताका क्रममा उता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले पनि अमेरिका र चीनबीचको कूटनीतिक सम्बन्ध यी दुई दशेका लागि मात्र होइन कि विश्वका अरु पनि कैयौँ देश एवं विश्वका लागि नै महत्वपूर्ण रहेको धारणा राखेका थिए। उनले अमेरिका चीनसँग स्थायी र रचनात्मक रुपमा सम्बन्ध राख्न चाहेको  र आगामी दिनहरुमा पनि अमेरिकाले चीनसँग कैयौँ मुद्दामा सँगै मिलेर अघि बढ्ने पनि बताइएको छ।

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, माघ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्