सभामुख सापकाेटाले दायर गरेको रिटमाथि आज सुनुवाई हुने
काठमाडौं, माघ २५ : सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख...काठमाडौं, माघ २५ : सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख सापकोटाले शुक्रबार रिट दायर गराएका थिए।
रिटमा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाइएको छ।
रिटमाथिको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गर्ने भएके छ।
प्रकाशित मिति: १२:४२ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











