Kathmandu Press

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

सिदार्थनगर, माघ २५ : महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व...
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

सिदार्थनगर, माघ २५ : महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको हो। 

प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो छिटो सूचीकृत गर्न स्थानीय सरकारको तर्फबाट पूर्णरूपमा सहयोग गर्ने कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताए।

नेपाल सरकारको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले पुरातत्वको दृष्टिकोणले तिलौराकोट अत्यन्तै महत्वपूर्ण ठाउँ रहेको बताए। उनले तिलौरोकोटको मुख्य क्षेत्र (कोरजोन) करिब १४० बिघा क्षेत्रफलको हुने बताउँदै स्थानीय बासिन्दा र स्थानीय सरकारले सहयोग गरेमा छिट्टै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सफल हुने पनि बताए। 

नेपाल सरकार पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखा प्रमुख डा सुरेश श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपूर्व संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने अनिवार्य प्रावधानअनुसार काम अगाडि बढाउन थालेको बताए। उनले भने, ‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्छ भन्ने सबैको चाहना हो। स्थानीय बासिन्दा र स्थानीय सरकारको विशेष सहयोग तथा प्रतिबद्धता आवश्यक हुन्छ। यसैले हामी यो छलफलको प्रारम्भमा छौँ।’

डा श्रेष्ठले स्थानीय बासिन्दा र स्थानीय सरकारको हरेक किसिमको सहभागितासहित संरक्षित स्मारक क्षेत्र घोषणा भएलगत्तै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत कार्य अगाडि बढ्ने बताए। लुम्बिनी विकास कोषका कार्यकारणी सदस्य राजेश ज्ञवालीले लुम्बिनी विकास कोषले कपिलवस्तु केन्द्रित कार्यक्रम अगाडि बढाइरहेको बताए। कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले नेपाल सरकारको चालु वर्षको बजेटको नीति तथा कार्यक्रममा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने छ भनी उल्लेख भएसँगै लुम्बिनी विकास कोषले छलफललाई अगाडि बढाएको बताए। 

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले प्राचीन शाक्यहरुको राजधानी तिलौराकोटको संवद्र्धन र संरक्षणका लागि लुम्बिनी विकास कोषले कुनै कसुर बाँकी नराख्ने बताए। सदस्यसचिव शाक्यले भने, ‘लुम्बिनी विकास कोषको अबको मुख्य ध्यान र कार्यक्रम नै कपिलवस्तु केन्द्रित हुन्छन्। हामी तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेसँगै अन्य क्षेत्रको संरक्षण र प्रवद्र्धनमा जोड दिन्छौँ।”

प्रकाशित मिति: ११:५८ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्