Kathmandu Press

सिमभञ्ज्याङमा हिउँ, हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध

मकवानपुर, माघ २५ : त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा  हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको...
सिमभञ्ज्याङमा हिउँ, हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध

मकवानपुर, माघ २५ : त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा  हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ। सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

उनका अनुसार मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ। अहिले वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट गएका सयौँ सवारी साधन सिमभञ्ज्याङ र अघोरमा रोकिएका छन्। अहिले सिमभञ्ज्याङमा घाम लागिरहेको पालुङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:०७ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्