Kathmandu Press

मकवानपुरमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, चारजना गम्भीर

काठमाडौं, माघ २५ : मकवानपुरको मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन...
मकवानपुरमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, चारजना गम्भीर

काठमाडौं, माघ २५ : मकवानपुरको मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

हेटौँडातर्फ आउँदै गरेको ना १ ज ४१८० नम्बरको सुमो त्रिभुवन राजपथ अन्तरगत सडक खण्डमा हिमपातमा चिप्लिएर अनियन्त्रित भई दुर्घटनामा पर्दा  सप्तरी बनौली–२ का ३३ वर्षीय प्रमान्द चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा वीरगञ्ज–१३ का ३० वर्षीय  मनोज साह, मनोजकी श्रीमती २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई –१० का ३२ बर्षीय प्रदिपकुमार साह, सर्लाही अभिलासी–७ का ३२ वर्षीय मधुकर यादव गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ०८:५७ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्