अमेरिकामा कोरोनाविरूद्धको खोप लगाउन सेना परिचालन गरिने
काठमाडौं, माघ २५ : संयुक्त राज्य अमेरिकाले कोभिड १९ विरुद्धको खोप दिने कार्यका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको छ ।पछिल्लो समयमा...
काठमाडौं, माघ २५ : संयुक्त राज्य अमेरिकाले कोभिड १९ विरुद्धको खोप दिने कार्यका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको छ ।
पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सङ्क्रमण कम गर्न खोप अभियान जारी छ । फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई अमेरिकी रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा बताईएको छ ।
अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेका थिए । अस्टिनले सो अनुरोध स्वीकार गरेको समाचारमा उल्लेख छ । अब अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई खोप दिने घोषणा गरेका थिए । सो प्रयोजनका लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने छ ।












