रोनाल्डोको गोलले युभेन्टसले रोमालाई हरायो
काठमाडौं, माघ २५ : इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्टसले रोमालाई हराएको छ ।गएराति सम्पन्न भएको खेलमा युभेन्टसले रोमाविरुद्ध २–० अन्तरले हराएको...
काठमाडौं, माघ २५ : इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्टसले रोमालाई हराएको छ ।
गएराति सम्पन्न भएको खेलमा युभेन्टसले रोमाविरुद्ध २–० अन्तरले हराएको हो । खेलको १३ औं मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोको गोलपछि युभेन्टसले शुरुवाती अग्रता लियो ।
त्यसपछि खेलको ६९ औं मिनेटमा रोमाका इबानेजले आत्मघाती गोल गरे । इबानेजको आत्मघाती गोलपछि युभेन्टसले रोमालाई २–० गोल अन्तरले हरायो ।
प्रकाशित मिति: ०८:११ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











