Kathmandu Press

प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड र एभर्टनले बराबरी खेले

काठमाडौं, माघ २५ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र एभर्टनले ३–३ गोलको बराबरी खेलेका छन्।​युनाईटेडको मैदानमा गएराति भएको खेलमा घरेलु टोलीका...
प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड र एभर्टनले बराबरी खेले

काठमाडौं, माघ २५ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र एभर्टनले ३–३ गोलको बराबरी खेलेका छन्।​

युनाईटेडको मैदानमा गएराति भएको खेलमा घरेलु टोलीका लागि एडिन्सन काभानी, ब्रुनो फर्नान्डेज र स्कट म्याक्टोमेनीले एक एक गोल गरे। एभर्टनका डोकोरे, हामेज रोड्रिग्वेज र डोमिनिक काल्भर्ट लेविनले एक-एक गोल फर्काए ।

गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले आर्सनललाई १–० ले हरायो। खेलमा एस्टन भिल्लालाई विजयी गराउन ओली वाट्कीन्सले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

लिगकै अन्य खेलहरुमा न्युकासल युनाईटेडले साउथह्याम्पटनलाई ३–२ ले हराउँदा बर्न्ले र ब्राइटनले १–१ गोलको बराबरी खेलेका छन्।

प्रकाशित मिति: ०७:५८ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्