हिमपातका कारण चिसो वढ्यो, काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री
काठमाडौं, माघ २५ : हिमपातका कारण अहिले काठमाडौंसहित देशका धेरै ठाउँमा चिसो वढेको छ ।हिजो उपत्यकासहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा बर्षासहित...
काठमाडौं, माघ २५ : हिमपातका कारण अहिले काठमाडौंसहित देशका धेरै ठाउँमा चिसो वढेको छ ।
हिजो उपत्यकासहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा बर्षासहित हिमपात भएको थियो । काठमाडौं उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी, फूलचोकीसहित नगरकोट क्षेत्रमा हिजो हिउँ परेको छ ।
मकवानपुरको दामन र पालुङ, दोलखाको कालीन्चोकसहित गौरीशङ्कर संरक्षण क्षेत्रका विभिन्न ठाउँ र सिन्धुपाल्चोकका हिमाली क्षेत्रमा पनि हिउँ परेको छ । सुदूरपश्चिमका हिमाली जिल्लामा भने गएको बिहीवार, शुक्रवारदेखि नै हिमपात सुरु भएको थियो ।
पश्चिमी वायुको प्रभावका कारण हिमपात र केही ठाउँमा हल्का वर्षा भएको मौसमविद्ले बताएका छन् । यस्तै आज काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ ।
अब केही दिन उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढ्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: ०७:३९ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1791022760.jpeg)



-1791022760.jpeg)






