Kathmandu Press

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघ्यो

काठमाडौं, माघ २५ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगैं संक्रमितको संख्या १ करोड ८ लाख २७ हजार १७० पुगेको छ । यस्तै भारतमा १ करोड ५ लाख २१ हजार ४०९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ५० हजार ७३३ छ ।

प्रकाशित मिति: ०७:२९ बजे, आइतबार, माघ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्