Kathmandu Press

देशभर हिउँदे वर्षा, आज राति पनि वर्षा र हिमपात हुने

काठमाडौं, माघ २४ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर हिउँदे वर्षा भएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ।जल...
देशभर हिउँदे वर्षा, आज राति पनि वर्षा र हिमपात हुने
हिमपातपछि सेताम्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्ता। तस्वीर : रासस

काठमाडौं, माघ २४ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर हिउँदे वर्षा भएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा भएको हो। उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात पनि भएको छ।

पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि चिसोले मुलुकभरको जनजीवन प्रभावित भएको छ। हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका वेला उच्च पहाडी क्षेत्रमा पनि आज हिमपात भएको हो।  

तराइका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भइ विभिन्न भागमा पानी पनि परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज काठमाडौंको चन्द्रागिरी, फुल्चोकीलगायत आसपासका क्षेत्रमा सामान्य हिउँ परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातभर पनि ठाउँठाउँमा हिमपात र वर्षा हुनेछ। आइतबारबाट भने खुल्दै जाने मौसमविद् सजिना शाक्यले बताइन्।

बाग्मती र प्रदेश १ मा सामान्य बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ।

बाग्मती र गण्डकीको केही क्षेत्रमा वर्षा पनि भइरहेको शाक्यले बताइन्। सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बुका आसपास क्षेत्रमा पानी परिरहेको छ। त्यहाँका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ।

मुख्यगरी हिमाली क्षेत्रसँगै प्रदश १, बाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा हिमपात आज राति पनि जारी रहने जनाएको छ।

हिमपातले सेताम्य हुम्लाकाे खल‌ंगा।

मुलुकको पश्चिम क्षेत्रमा खुलेको र बाग्मती प्रदेशमा रातिबाटै खुल्दै जाने जनाएको छ। आइतबार सीमित पहाडी भू–भागमा आंशिक मात्रै बदली रहने विभागको अनुमान छ।

आगामी २४ घन्टामा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने जनाएको छ। त्यस्तै, प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानका साथै गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति: २१:२२ बजे, शनिबार, माघ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्