Kathmandu Press

हवाई आक्रमणमा १८ तालिबान लडाकु मारिए

अफगान हवाइ बलको गरेको तालिबान लडाकू समूहका आखाडालक्षित आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकु मारिएका हुन् ।
हवाई आक्रमणमा १८ तालिबान लडाकु मारिए
Hardik ivf

सिन्ह्वा, माघ २४ : हवाई आक्रमणमा परी अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा १८ तालिबान लडाकु मारिकएका छन् । अफगान हवाइ बलको गरेको तालिबान लडाकू समूहका आखाडालक्षित आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकु मारिएका हुन् ।

नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायले जनाएको छ । मारिएका ती तालिबान लडाकुमा १० जना रेड युनिटका सदस्य रहेको बताइएको छ ।

मारिएका यी सदस्यमा विभागीय तालिबान लडाकु समूहका सेनापति खालिद पनि रहेको बताइएको छ । आक्रमणमा रेड युनिटका १० जना लडाकु पनि घाइते भएको बताइएको छ । आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतंककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ ।

प्रकाशित मिति: १४:५६ बजे, शनिबार, माघ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्