प्रतिनिधिसभा विघटनविरुद्ध पेशाकर्मीको सांकेतिक विरोध
‘प्रतिनिधिसभाको पुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए ।
काठमाडौं, माघ २४ : नेपाली कांग्रेससम्बद्ध पेशाकर्मी तथा श्रमिकहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रतिनिधिसभा विघटनको विरोध गर्दै पेशाकर्मी तथा श्रमिकहरुले टुँडिखेलमा घेरा हाली विरोध प्रदर्शन गरेका थिए ।
उनीहरुले भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुुन् । विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका पेशाकर्मीहरुले टुँडिखेललाई मानवसाङ्लो बनाई घेराउ गरिएको थियो ।
‘प्रतिनिधिसभाको पुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए ।
विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रायाटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनलगायतका संघसंस्थाका प्रतनिधि सहभागी थिए ।
-1791022760.jpeg)

-1791022760.jpeg)