Kathmandu Press

आज पनि वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ २४ : आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान...
आज पनि वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ २४ : आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मौसम आंशिक रुपमा बदली हुनेछ। जसले गर्दा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी तथा तराईमा वर्षाको सम्भावना रहेको छ।

आज दिउसो प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति प्रदेश १, २, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने अनुमान गरेको छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमापत हुने मशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालमा मौसममा आंशिक रुपमा प्रभाव परेको हो। जसले गर्दा केही दिन देशभरको मौसम फेरबदल हुने महाशाखाले अनुमान गरेको छ।

प्रकाशित मिति: ०९:३८ बजे, शनिबार, माघ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्