Kathmandu Press

राष्ट्रिय महिला लिग : आजदेखि दोस्रो चरणका खेल

पहिलो चरणको खेल सकिँदा आर्मीले ६ मध्ये चार खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेल्दै १३ अंक जोडेको छ। आर्मी तालिकाको दोस्रो स्थानमा रहेको छ।
राष्ट्रिय महिला लिग : आजदेखि दोस्रो चरणका खेल

काठमाडौं, माघ २४ : राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि दोस्रो चरणको खेल हुने भएका छन्।

दोस्रो चरणको पहिलो खेलमा आज दिउँसो त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ।

पहिलो चरणको खेल सकिँदा आर्मीले ६ मध्ये चार खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेल्दै १३ अंक जोडेको छ। आर्मी तालिकाको दोस्रो स्थानमा रहेको छ।

चौदण्डीगढीले भने पहिलो चरणमा एक खेल पनि जितेको छैन। पहिलो चरणको खेल सकिँदा चौदण्डीगढी ६ वटै खेल हारेको थियो।

त्यस्तै, एपिएफ क्लब आफ्ना सबै ६ खेलमा जित निकाल्दै १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ।

विराटनगर महानगरपालिका १० अंकका साथ तेस्रो स्थानमा रहेको छ भने नेपाल पुलिस क्लब चौथो, वालिङ नगरपालिका पाँचौँ र चन्द्रपुर नगरपालिका छैटौँ स्थानमा रहेका छन्।

प्रकाशित मिति: ०८:२९ बजे, शनिबार, माघ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्