Kathmandu Press

चीनले नेपाललाई पाँच लाख काेराेना खोप दिने

काठमाडौं, माघ २४ : चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको पाँच लाख खोप दिने भएको छ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री...
चीनले नेपाललाई पाँच लाख काेराेना खोप दिने

काठमाडौं, माघ २४ : चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको पाँच लाख खोप दिने भएको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पाँच लाख डोज दिने प्रतिबद्धता गरेका हुन्। परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका विज्ञप्ति जारी गरि चीनले खोप दिन लागेको जनाएको छ।

चीनकै कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप दिने भएको हो। यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले पनि तीन लाख खोप अनुदानमा उपलब्ध गराउने जनाएको छ।

चिनियाँ विदेशमन्त्री वाङले खोप सहकार्यमा नेपाललाई प्राथमिकता दिएको बताएको परराष्ट्रमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। टेलिफोन वार्तामा दुई देशको आपसी चासोको विषयमा पनि कुराकानी भएको जनाएको छ।

यसअघि भारतले १० लाख खोप उपलब्ध गराएको थियो। भारतले दिएका खोप पहिलो चरणमा शनिबारसम्म लगाइँदै छ।

त्यस्तै, कोभ्याक्स सुविधामार्फत पनि २२ लाख खोप नेपाल आउन लागेका छन्। बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ट्वीट गर्दै बेलायतले उपलब्ध गराएको साढे सात अर्ब रुपैयाँअन्र्तगत कोभ्याक्स सुविधामार्फत खोप आउन लागेको जनाएकी थिइन्।

प्रकाशित मिति: ०७:३२ बजे, शनिबार, माघ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्