Kathmandu Press

एक लाख ७१ हजारले लगाए कोरोनाविरुद्धको खोप

एक लाख ७१ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, माघ २३ : कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजारभन्दा बढीले लगाएका छन्।

शुक्रबारसम्म देशभरका दुई सय एक खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार चार सय ८६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा २३ हजार ८२ जना, प्रदेश २ मा २२ हजार सात सय ५६ जना र बागमती प्रदेशमा ५९ हजार नौ सय ४२ जनाले खोप लगाएका छन्।

त्यस्तै, गण्डकी प्रदेशमा १७ हजार तीन सय १५ जना, लुम्बिनी प्रदेशमा २६ हजार आठ सय ९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६ सय ८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार आठ सय नौ जनाले खोप लगाएका हुन्।

यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदै छ। प्रवक्ता डा. गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए।

प्रकाशित मिति: २१:०४ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्