Kathmandu Press

सन्दीपसँगै शरद, विनोद, करण, सोमपालसहित ८ नेपाली खेलाडी आईपिएल अक्सनमा

१८ फेब्रुअरीमा हुने मिनि अक्सनका लागि सन्दीप लामिछाने, शरद भेषावकर, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र अभिनाश बोहाले नाम दर्ता गराएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
सन्दीपसँगै शरद, विनोद, करण, सोमपालसहित ८ नेपाली खेलाडी आईपिएल अक्सनमा

काठमाडौं, माघ २३ : १४औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपिएल)को अक्सनमा ८ नेपाली खेलाडी सहभागी हुने भएका छन् । १८ फेब्रुअरीमा हुने मिनि अक्सनका लागि सन्दीप लामिछाने, शरद भेषावकर, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र अभिनाश बोहाले नाम दर्ता गराएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

८ नेपाली खेलाडीसँगै अक्सनमा विश्वभरका १०९७ खेलाडीले नाम दर्ता गराएका छन् । सन्दीपले लागतार तीन सिजन आईपिएल खेलेपनि अन्य नेपाली खेलाडी भने अक्सनमा समेत सभागी भएका थिएनन्।

अक्सनमा भारतका ८१४, वेस्ट इन्डिजका ५६, अस्ट्रेलियाका ४२, दक्षिण अफ्रिकाका ३८, श्रीलंका ३१, अफगानिस्तान ३०, न्यूजिल्यान्डका २९, इंग्ल्यान्डका २१, युएईका ९, नेपालका ८, स्कटल्यान्डका ७,  बंगलादेशका ५, आयरल्यान्ड, जिम्बाबे र अमेरिकाका समान २–२ तथा नेदरल्यान्डबाट एक खेलाडी सहभगाी हुने छन् ।

सन्दीपले ३ सिजन दिल्ली क्यापिटल्सबाट आईपिएल खेलेको थिए । यो सिजन भने सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । उनी तीनसिज अघि २० लाख भारुमा दिल्लीमा आबद्ध भएका थिए ।

प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, माघ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्