Kathmandu Press

१० हजार घुस लिएको अभियोगमा हबलदारविरुद्ध मुद्दा    

काठमाडौं, माघ २३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका केन्द्रमा कार्यरत प्रहरी हबलदार शान्ति भण्डारीविरुद्ध विशेष अदालतमा...
१० हजार घुस लिएको अभियोगमा हबलदारविरुद्ध मुद्दा    

काठमाडौं, माघ २३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका केन्द्रमा कार्यरत प्रहरी हबलदार शान्ति भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।     

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार प्रहरी हबलदार भण्डारीमाथि हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग  १० हजार घुस मागेको अभियोग लागेको छ ।

आयोगले केही दिन पहिले भण्डारीलाई घुससहित पक्राउ गरेको जनाएको थियो । आयोगले बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको हो । 

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्