आङ सान सुकीलाई घरमै नजरबन्द
म्यानमारको ‘नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)’ अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ ।काठमाडौं, माघ २३ : म्यानमारको ‘नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)’ अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ ।
गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो ।
उनका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘नेतृ सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ र उहाँको स्वास्थ्य राम्रो रहेको छ ।’
प्रकाशित मिति: १८:४१ बजे, शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












