Kathmandu Press

सगरमाथामा चर्चित नेपाली गाइडको मृत्यु, मर्नेको संख्या १५ पुग्यो

काठमाडौं, जेठ १० : हिमाल आरोहणको क्षेत्रमा चर्चित नेपाली गाइड ध्रुव विष्टको शुक्रबार सगरमाथामा मृत्यु भएको छ। 

क्याम्प तीनमा स्वास....

सगरमाथामा चर्चित नेपाली गाइडको मृत्यु, मर्नेको संख्या १५ पुग्यो
ध्रुव विष्टको फेसबुक

काठमाडौं, जेठ १० : हिमाल आरोहणको क्षेत्रमा चर्चित नेपाली गाइड ध्रुव विष्टको शुक्रबार सगरमाथामा मृत्यु भएको छ। 

क्याम्प तीनमा स्वास्थ्य बिग्रिएपछि विष्टलाई उद्धार गरेर आधार शिविर झारिएको थियो। तर, आधार शिविर झर्नुअघि नै उनको मृत्यु भइसकेको उद्धारमा संलग्न गाइड लाक्पा नोर्बु शेर्पाले बताए।

Hardik ivf

शेर्पाले आधार शिविरबाटै काठमाडौं प्रेससँग फोनमा भने, ‘उहाँको शरीर माथि नै निकै चिसो भइसकेको थियो। हल्का ढुकढुकी मात्रै बाँकी थियो।’

कैलालीका ३३ वर्षीय विष्टले सगरमाथाको शिखर चढेका थिएनन्। तर, उनी विभिन्न हिमालको शिखरमा पुगिसकेका थिए। यसपटक हिमालयट स्की ट्रेक्सको आरोहण दलको सदस्यको रुपमा सगरमाथा गएका विष्ट आफ्ना साथीभाइ माझ निकै लोकप्रिय थिए।

विगत ५ वर्षदेखि विष्टसँगै काम गर्दै आएका गाइड जीवन भण्डारीले काठमाडौं प्रेससँग भने, ‘उहाँ एकदमै सरल र सहयोगी हुनुहुन्थ्यो।’

शुक्रबार नै अर्का आरोही निमा तेञ्जी शेर्पाको पनि मृत्यु भएको छ। संखुवासभाका शेर्पा मकालुको शिखरमा पुगी ओर्लदै थिए। उनको मकालुको दोस्रो क्याम्पमा मृत्यु भएको हो। 

विष्ट र शेर्पाको मृत्युसँगै यसपटक नेपालका हिमालमा मृत्यु हुने आरोही र गाइडको संख्या १५ पुगेको छ। नेपाल पर्यटन बोर्डकी पर्वतारोहण शाखा प्रमुख मीरा आचार्यका अनुसार, सगरमाथामा मात्रै ६ जनाको मृत्यु भएको छ। त्यसमध्ये ४ भारतीय, एक अमेरिकी र एक नेपाली छन्। 

मिडियामा यसपालि नेपालका हिमालमा १७ वा १८ जनाको मृत्यु भइसकेको समाचार आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आचार्यले भनिन्, ‘तिब्बततिर भएको मृत्यु र नेपालमा उद्धार भई आफ्नै देश फर्केपछि उतै मृत्यु भएका मलेसियन नागरिकको पनि संख्या जोड्दा त्यति पुग्ला, तर आधिकारिक मृत्यु संख्या १५ हो।’

प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, जेठ १०, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्