Kathmandu Press

आजको सभा इतिहासकै ठूलो भएको ओलीको दाबी

काठमाडौं, माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सभा इतिहासकै ठूलो भएको दाबी गरेका...
आजको सभा इतिहासकै ठूलो भएको ओलीको दाबी

काठमाडौं, माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सभा इतिहासकै ठूलो भएको दाबी गरेका छन्। 

शुक्रबार काठमाडौंको नारायणहिटी राजदरबार अगाडि आयोजित जनसभालाई सम्बोधन गर्दै उनले शुक्रबारको भेला इतिहासकै ठूलो भएको बताएका हुन्।

उनले सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म मानिसहरु नअटाएको भन्दै सभा रोक्न प्रयास गर्नेहरुले केही गर्न नसकेको बताए। 

प्रचण्ड–नेपाल समूहले नेपाल बन्द गरेर तर्साउन खोजेका थिए, उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो। तर यो भेललाई रोक्न सकेन।’

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्