Kathmandu Press

दाहाल–नेपालमाथि प्रधानमन्त्रीको व्यंग्य– आयोगहरूले पूर्णता पाउँदा कत्रो पीर ?

काठमाडौं, माघ २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आयोगहरुले पूर्णता पाउँदा दाहाल–नेपाल समूहलाई पीर परेको भनेर व्यंग्य गरेका छन्...
दाहाल–नेपालमाथि प्रधानमन्त्रीको व्यंग्य– आयोगहरूले पूर्णता पाउँदा कत्रो पीर ?

काठमाडौं, माघ २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आयोगहरुले पूर्णता पाउँदा दाहाल–नेपाल समूहलाई पीर परेको भनेर व्यंग्य गरेका छन् । उनले आज नारायणहिटीमा आयोजित सभामा आयोगले पूर्णता पाउँदा दाहाल–नेपाल समूहलाई पीर परेको भनेर व्यंग्य गरेका हुन्  ।

उनले भने, ‘आयोग बनेकामा कत्रो पीर ? आयोग बनेको भोलिपल्ट नेपाल बन्द गरे ।’

ओलीले दलित, मधेसीलगायतका नाम दाहाल–नेपालले राजनीति गरे पनि ती समुदायको हकमा काम गर्ने  आयोगलाई पूर्णता दिन नचाहेको आरोप लगाए ।
 

प्रकाशित मिति: १४:५४ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्