Kathmandu Press

अराजकता निम्त्याउने सिलसिला सुरु भएको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, माघ २३ : नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सभालाई सम्बोधन गर्दै अराजकता निम्त्याउने सिलसिला सुरु भएको बताए ।
अराजकता निम्त्याउने सिलसिला सुरु भएको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, माघ २३ : नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकमा अराजकता निम्त्याउने सिलसिला सुरु भएको बताए ।

‘पार्टी एकता गर्दा नेपाली जनताको चाहनाअनुसार मुलुक अगाडि बढ्छ भन्ने आशा थियो तर त्यसलाई असफल बनाउन खोजियो,’ उनले भने, ‘जनताभन्दा ठूला न्यायाधीश अरू कोही हुन सक्दैन ।’

नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा गएर धम्की दिँदै लोकतन्त्रविरोधी र संविधानविरोधी काम गरेको आरोप पोखरेलले लगाए ।

‘जस्ता प्रतिकुलता आए पनि ती प्रतिकुलतासँग जुधेर राजनीतिक स्थायित्वका लागि लागिपर्नेछौँ, राजनीतिक स्थायित्वलाई निरन्तरता दिइरहने छौँ,’ उनले भने, ‘आर्थिक विकास र समृद्धिको अभियानलाई निरन्तरता दिनेछौँ ।’

प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्