Kathmandu Press

इटालीमा  कोरोना संक्रमणबाट ९० हजार भन्दा बढीको मृत्यु

रोम, माघ २३ : इटालीमा गएको २४ घण्टाको समयमा कोरोना भाइरस सङ्क्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल सङ्क्रमितको...
इटालीमा  कोरोना संक्रमणबाट ९० हजार भन्दा बढीको मृत्यु

रोम, माघ २३ : इटालीमा गएको २४ घण्टाको समयमा कोरोना भाइरस सङ्क्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल सङ्क्रमितको संख्या ९० हजार २४१ पुगेको छ।

इटालीमा गत वर्षको फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखा परेको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमणको माहामरी शुरु भएयता हालसम्म २५ लाख ९७ हजार ४४६ जना कुल सङ्क्रमित भएका छन्।

इटालीमा बुधबार १५ हजार ७४८ कोरोनाा मुक्त भएपछि कोभिड –१९ को संङ्क्रमण शुरुभएयता हालसम्म २० लाख ७६ हजार ९२८ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन्।
  
बुधबार १३ हजार २७७ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखेपछि सक्रिय सङ्क्र्मितको संख्या ४ लाख ३० हजार २७७ रहेको जनाइएको छ।

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्