Kathmandu Press

गोरखाका वाढीपिडितलाई अमेरिका बस्ने गोरखालीबाट २० लाख रुपैया सहयोग वितरण 

गोरखा, माघ २३ : अमेरिकामा बस्दै आएका गोरर्खालीहरुले बाढी पहिरोमा परेर घरबिहिन भएका गोरखा बारपाकका विपन्न परिवारलाई २० लाख रुपैया नगद सहयोग गरेका...
गोरखाका वाढीपिडितलाई अमेरिका बस्ने गोरखालीबाट २० लाख रुपैया सहयोग वितरण 

गोरखा, माघ २३ : अमेरिकामा बस्दै आएका गोरर्खालीहरुले बाढी पहिरोमा परेर घरबिहिन भएका गोरखा बारपाकका विपन्न परिवारलाई २० लाख रुपैया नगद सहयोग गरेका छन्।
  
गत बर्षमो बाढीका कारण गोरखाको बारपाक सुलिकोट गाउँ पालिकाको ८ नम्वर वडाको तिनखण्डेमा घर बगाएको थियो। अमेरिकामा विभिन्न पेशा तथा व्यवशाय गरेर बस्ने २ सय ५३ जना व्यक्तिले दाताहरुबाट रकम बिस लाख एघार हजार छयालिस रुपियॉं बाढी पीडितलाई सहयोग गर्ने उदेश्यले राहत संकलन भएको थियो। गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको सहयोगमा गैह्र आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदले सहिद शिब प्रसाद भट्ट मेमोरियल फाउन्डेसनको खातामा उक्त रकम जम्मा गरेकाे थियो। 

शुक्रबार विहान उक्त रकम पीडित एघार घर परिवारहरुलाई गोरखामा सहिद शिब प्रसाद भट्ट फाउन्डेसनको तर्फबाट कार्यक्रमको आयोजना गरि हस्त्रान्त्रण गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उक्त रकम पिडित परिवारलाई हस्तान्त्रण गरेका छन्। 

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, जिल्ला समन्वय समितिकी उपप्रमुख जानुका अधिकारी, नेपाली कॉंग्रेस क्षेत्र नं. २ गोरखाका क्षेत्रीय सभापति गोविन्द गुरुङ्ग, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ्ग लगायत सहभागि थिए। 

राहत बितरण कार्यक्रममा आयोजक संस्था सहिद शिब प्रसाद भट्ट फाउन्डेसनका अध्यक्ष रमेश भट्टले मानविय कार्यमा सहयोग पुर्याउनु गोरखा अमेरिका सम्पर्क समिति परिवारलाई धन्यावाद व्यक्त गर्नुभएको थियो। 

सहयोग रकम पाउने स्थानीयहरु
मायॉंदेबी भट्ट– ३,४१,०४६
लाल प्रसाद भट्ट– ३,१५,०००
गोकर्ण भट्ट– ३,१५,०००
जिबनाथ भट्ट– ३,१५,०००
लिला कुमारी पाण्डे– १,२५,०००
सुरेश भट्टराई– १,२५,०००
चुडामणी धिताल– १,२५,०००
निल बहादुर पाण्डे– १,२५,०००
जानकी पाण्डे– ७५,०००
सुमित्रा पाण्डे भट्ट– ७५,०००
मान बहादुर पाण्डे– ७५,०००
 

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्